Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्पेनिस ला लिगा : भ्यालेन्सियासँग बराबरीमा रोकियो बार्सिलोना

    स्पेनिस ला लिगा : भ्यालेन्सियासँग बराबरीमा रोकियो बार्सिलोना

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 588
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोना र भ्यालेन्सियाले बराबरी खेलेका छन् ।

    शनिबार राति भएको खेल एक-एक गोलको बराबरीमा रोकिएको हो । खेल बराबरीमा रोकिएसँगै दुवै टोलीले अंक बाँडेका छन् ।



    खेलको ५५ मिनेटमा जोआओ फेलिक्सको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। उनलाई गोल गर्न राफिन्हाले पास दिएका थिए।



    ७० मिनेटमा भ्यालेन्सियाका लागि गुइलामोले बराबरी गोल फर्काए ।

    यता एट्लेटिको म्याड्रिडलाई एथ्लेटिक्स बिल्बाओले २-० गोल र गेटाफेले सेभियालाई ३-० गोलले पराजित गरेका छन्।

    अंक तालिकामा बार्सिलोना ३५ अंकसहित तेस्रो स्थानमा छ । एट्लेटिको म्याड्रिड ३४ अंकसहित चौथो स्थानमा झरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार