Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • स्पेनिस ला लिगा : एट्‍लेटिकोको कीर्तिमानी जित, भालेकानो ७ गोलले पराजित

    स्पेनिस ला लिगा : एट्‍लेटिकोको कीर्तिमानी जित, भालेकानो ७ गोलले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 768
    SHARES

    काठमाडौं । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले कीर्तिमानी जित निकालेको छ ।

    सोमबार राति भएको खेलमा कीर्तिमानी जित निकाल्ने क्रममा एट्लेटिकोले रायो भालेकानोलाई ७-० गोलले पराजित गरेको हो ।



    एन्टोनी ग्रिजम्यान, मेम्फिस डेपे र नाहुएल मोलिनाले गरेपछि एट्लेटिको ३६ मिनेटमा ३-० ले अगाडि थियो। दोस्रो हाफको १३ मिनेटको अन्तरमा चार गोल गरेपछि एट्लेटिकोले विशाल जित निकाल्यो



    उसका लागि अल्भारो मोराटाले दुई गोल गर्दा एन्जल कोरिया र मार्कोस लोरेन्टेले एक एक गोल गरे। लिगमा उसले ७ अंक जोडेको छ भने दोस्रो स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार