Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एक खेल अघि नै रियलले जित्यो ला लिगाको उपाधि

    एक खेल अघि नै रियलले जित्यो ला लिगाको उपाधि

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । रियल म्याड्रिडले सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा भिल्लारियललाई २–१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो।

    रियलले अन्तिम खेलअघि उपाधि जित्ने क्रममा दोस्रो स्थानको बार्सिलोनालाई पछि पार्‍यो। रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरेका थिए। फ्रेञ्च स्ट्राइकर बेञ्जिमाले खेलको २९ मिनेटमा पहिलो गोल गर्दा ७७ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे।



    भिल्लारियलका लागि इबोराले ८३ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो। रियलले अन्तिम खेलअघि ८६ अंक जोड्यो। दोस्रो स्थानको बार्सिलोना ७९ अंक छ।



    रियलले ला लिगाको ३४औं पटक उपाधि जितेको हो। पछिल्लो पटक रियलले २०१७ मा लिग जितेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार