Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओसासुनासँग हारेपछि मेस्सीको चेतावनी : यस्तै हो भने हामीले च्याम्पियन्स लिग पनि गुमाउँछाै

    ओसासुनासँग हारेपछि मेस्सीको चेतावनी : यस्तै हो भने हामीले च्याम्पियन्स लिग पनि गुमाउँछाै

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । बिहीबार राति घरेलु मैदानमा बार्सिलोना पराजित भएको छ । गएरातीको खेलमा बार्सिलोनालाई ओसासुनाले २–१ गोलले हराएको हो ।

    हारपछि प्रतिकृया दिंदै बार्सिलोनाका कप्तान लिओनल मेस्सीले क्लबको प्रदर्शनमा असन्तुष्टि जनाए । टिम कमजोर बन्दै गएको बताउँदै उनले यस्तै प्रदर्शन जारी रहे बार्सिलोनाले सिजनको च्याम्पियन्स लिग पनि गुमाउने चेतावनी समेत दिए ।



    बार्सिलोनाका लागि मेसीले ६२ मिनेटमा बराबरी गोल फर्काएका पनि ओसासुनाले दोस्रो हाफको इन्जुरी टाइममा रोबर्टो टोरेसले गोल गर्दै रोमाञ्चक जित दिलाए।



    त्यसअघि ओसासुनाका लागि अर्नाइजले १५ मिनेटमा गोल गरेका थिए। ७७ मिनेटमा गलेगोले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको थियो ।
    ‘हामीले यसरी सिजन अन्त्य गर्न चाहेका थिएनौ। तर अहिलेको अवस्थाले लिग कस्तो भयो देखाउँछ । हामी धेरै अस्थिर, कमजोर र कम निखारता भएको टिम भयौं। हामीले धेरै अंक गुमायौं र आज सिजनको सारंश हो ।’

    मेसीले च्याम्पियन्स लिगमा नापोलीलाई पराजित गर्न टिममा धेरै परिवर्तन गर्नु पर्ने प्रतिक्रिया दिए। उनले भने–‘यदि हामीले च्याम्पियन्स लिगमा जित चाहान्छौ भने हामीले धेरै परिवर्तन गर्नु पर्छ। यस्तै प्रदर्शन जारी राख्यौ भने हामीले नापोलीविरुद्धको खेल पनि हार्नेछौं ।’

    बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेग नापोलीसँग ८ अगस्टमा घरेलु मैदानमा खेल्दैछ। इटालीमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो।

    बिहीबार राति नै रियल म्याड्रिडले भिल्लारियललाई २–१ ले पराजित गर्दै ला लिगाको उपाधि जितिसकेको छ ।

    कोरोना भाइरसअघि शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको रियलसँग २ अंकको अग्रता लिएको अवस्था थियो।। तर, लिगको अन्तिम खेलअघि उपाधि जितेको रियलले बार्सिलोनालाई ७ अंकले पछि पार्‍यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार