Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बार्सिलोना शिर्ष स्थानमा उक्लियो

    बार्सिलोना शिर्ष स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 561
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शिर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले मोलोर्कालाई १-० ले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको हो।

    बार्सिलोनाको जितमा पहिलो हाफमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले २०औं मिनेटमा अन्सु फातीको पासमा गरेको एकमात्र गोल निर्णायक भएको थियो।



    जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाको ७ खेलबाट १९ अंक जोडेको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको १८ अंक छ। पराजित मलोर्का ८ अंक जोडेर १० औं स्थानमा छ।



    ला लिगाकै अर्को खेलमा एट्लेटिको म्याड्रिडले सेभियालाई २-० ले पराजित गर्दै ७ खेलबाट १३ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। सेभिया ५ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार