Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • APT29 नामक रसियन ह्याकरले कोरोना भ्याक्सिनको अनुसन्धान चोर्न खोजेको आरोप

    APT29 नामक रसियन ह्याकरले कोरोना भ्याक्सिनको अनुसन्धान चोर्न खोजेको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । अमेरिका, बेलायत र क्यानडाले र रसियाले कोरोना भाइरस भ्याक्सिनको अनुसन्धान चोर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

    विश्वभरी कोरोना (कोभिड–१९) का काण ५ लाख ९२ हजार भन्दा बढिको ज्यान गइसकेको अवस्थमा विश्वका शक्तिसम्पन्न मुलुकहरुबीच कसले छिटो भाइरसविरुद्धको खोप तयार गर्ने भन्ने होड छ।



    विश्वभर हालसम्म करोड ३९ लाख ४६ हजार ५ सय ९६ जना संक्रमित भएका छन् ।



    बिहीवारमात्र अक्स्फोर्ड युनिभर्सिटीले गरेको परीक्षणले सकारात्मक परिणाम दिएको बेलायती मिडियाले जनाएका छन्।

    तर, त्यसको केही घन्टा नबित्दै बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टरले परीक्षण भइरहेको ल्याबमा ह्याकिङ समूहले सूचना चोर्ने प्रयास गरेको जनाएको हो।

    APT29 नामक समूहले ह्याक गरेर खोपबारे सूचना लिन खोजेको सेन्टरले दावी गरेको समाचारमा जनाइएको छ ।

    ह्याकरहरु रसियन इन्टेलिजेन्स सर्भिसका रहेको बेलायती दावी छ। उनीहरुले ९५ प्रतिशत रसियन ह्याकर रहेको जनाएका छन्।

    यद्यपी मस्कोले भने आरोपलाई ठाडै अस्वीकार गर्दै ह्याकिङसँग रसियाको कुनै लेनादेना नभएको प्रतिक्रिया दिएको छ । एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार