Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चीनले पठाएको आठ लाख डोज खोप काठमाडौँ आइपुग्यो

    चीनले पठाएको आठ लाख डोज खोप काठमाडौँ आइपुग्यो

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौं। चीनले नेपालका लागि पठाएको कोभिड-१९ विरुद्धको ८ लाख डोज खोप (भ्याक्सिन) काठमाडौं आइपुगेको छ।

    चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको हो ।



    नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप विमानस्थल पुगेर स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्।



    उक्त खोप लिन नेपाल एअरलाइन्यको वाइडबडी ३३० आइतवार दिउँसो बेइजिङतर्फ लागेको थियो।

    चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।

    विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार