Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराइन्छ : स्वास्थ्यमन्त्री

    सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराइन्छ : स्वास्थ्यमन्त्री

    अनलाइन नेपाल
  • आइतबार, १२ पुष २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले आफ्नो कार्यकालमा कुनैपनि स्वास्थ्य सामग्री खरिदमा कुनैपनि ढंगले अपारदर्शी काम हुन नदिने अठोट ब्यक्त गरेका छन् ।



    उनले भने–‘जनतालाई हामी निःशुल्क भ्याक्सिन उपलब्ध गराउने अठोटका साथ अगाडि बढ्छौं । पारदर्शी ढंगले । कुनैपनि प्रोकुरमेन्ट, कुनैपनि खरिदमा कम्तीमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन । चोट जसलाई जति लागोस्, समस्या जसलाई जति परोस, प्रभावित जो जतिसुकै होस तर म ॐ पनि लेख्दिन । मेरो हस्ताक्षरको त पछिको कुरा हो । यो मेरो आफ्नो मान्यता हो । यो मान्यतालाई साथ दिन यहाँहरुसँग आग्रह गर्न चाहन्छु ।’



    यस अघि देशमा महामारी फैलिएर लक डाउन भएका बेला कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले खरिद गरेको स्वास्थ्य सामाग्रीमा घोटला भएको समाचार सार्वजनि भएको थियो ।

    हुन त स्वास्थ्य सामाग्री खरिल प्रक्रिया प्रायजसो विवादमा पर्दै आएको छ । टेण्डर प्रकृयामार्फत सरकारी अस्पतालहरुले खरिद गरेका स्वास्थ्य सामाग्रीहरु पनि विवादरहित भने हुनसकेका छैनन् ।

    वीर अस्पताल, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, टिचिङ अस्प्ताल र प्रदेशिक अस्पतालहरुले खरिद गरेका स्वास्थ्य उपकरणहरुमा ठूलो आर्थिक चलखेल हुने हुँदा विवाद पर्दै आएका समाचारहरु सार्वजनिक भइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार