Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जेठ-असारसम्म दैनिक संक्रमित ११ हजार र सक्रिय संक्रमित ६ लाख पुग्न सक्ने मन्त्रालयको प्रक्षेपण

    जेठ-असारसम्म दैनिक संक्रमित ११ हजार र सक्रिय संक्रमित ६ लाख पुग्न सक्ने मन्त्रालयको प्रक्षेपण

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी जेठ र असारसम्म कोरोना संक्रमितको संख्या उच्चतम बिन्दुमा पुग्ने सक्ने आंकलन गरेको छ ।

    ‘दैनिक ११ हजार पुग्न सक्ने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण छ । तर त्यो अवस्था आउन नदिने भन्ने हो ।’ स्वास्थ्यमन्त्री त्रिपाठीले भने।



    यस्तै आज स्वास्थ्य मन्त्रालयले समेत काठमाडौं उपत्यकासहित ठूला शहरहरुका विद्यालय एक महिना बन्द गर्न सरकार समक्ष सिफारिस गरेको छ ।



    पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको हुनाले स्कुले बालबालिका त्यसको प्रत्यक्ष मारमा पर्ने सम्भावना बढेको कारण मन्त्रालयले एक महिना विद्यालय बन्द गर्न सरकारसँग सिफारिस गरेको हो।

    मन्त्रालयले यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन सुझाव समेत दिएको छ।

    स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी भन्छन् ‘यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गर्नु पर्ने देखिन्छ, विद्यालयलाई पठनपाठन अनलाइनमार्फत गराउन आग्रह गरिएको छ।’

    ‘विद्यालय बन्द गर्नेबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ, तर यसबारे निर्णय हुन बाँकी छ,’ मन्त्री त्रिपाठीले भने।

    उनले काठमाडौं उपत्यकामा ७ देखि ८ लाख विद्यार्थीहरु रहेको र सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गर्न प्रस्ताव गरेको जानकारी समेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार