Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ‘डिसेम्बरसम्म जोखिम समूहमा कोरोना भ्याक्सिन पुुग्नसक्छ’

    ‘डिसेम्बरसम्म जोखिम समूहमा कोरोना भ्याक्सिन पुुग्नसक्छ’

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 2.3K
    SHARES

    एजेन्सी । अमेरिकाका अग्रणी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अन्तिम चरणको परीक्षण राम्ररी अघि बढेमा जोखिम समूहका व्यक्तिहरुका लागि डिसेम्बरको अन्त्यसम्म नयाँ कोरोना भाइरस भ्याक्सिन उपलब्ध हुनसक्ने विश्वास व्यक्त गरेका छन् ।

    यसअघि अमेरिकी औषधी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले मिलेर तयार गरेको कोभिड १९ भ्याक्सिन परीक्षणका क्रममा ९० प्रतिशत प्रभावकारी देखिएको रिपोर्ट सोमबार सार्वजनिक भएको थियो । फाइजरले अब अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडिए)बाट स्वीकृति लिने प्रक्रिया चाँडै अघि बढाइने जनाएको छ ।



    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी अन्त्यको प्रयासलाई तिव्रता दिन फास्ट ट्रयाकबाट भ्याक्सिनलाई स्वीकृति दिइने यसअघि नै बताएका थिए, अमेरिकामा कोरोना संक्रमणका कारण २ लाख ४० हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । त्यस्तै १ करोडभन्दा धेरै संक्रमित भइसकेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार