Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अक्सफोर्ड युनिभर्सिटीले एकजना बिरामी हुँदा रोक्यो भ्याक्सिनको ट्रायल

    अक्सफोर्ड युनिभर्सिटीले एकजना बिरामी हुँदा रोक्यो भ्याक्सिनको ट्रायल

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 3.4K
    SHARES

    काठमाडाैँ । कोरोनाभाइरसमाथि नियन्त्रण पाउनका लागि बनिरहेको भ्याक्सिनले त्यतिबेला ठूलो धक्का पायो जब एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिनको ट्रायल रोक्नुपर्यो ।

    मानव परीक्षणमा एक व्यक्ति बिरामी भएपछि उनीहरुले यस्तो गर्नुपरेको हो । एस्ट्राजेनेकाले परीक्षणमा समावेश व्यक्तिको रोगबाट अहिलेसम्म केही जानकारी नपाइएको यो एक रुटिन स्थगन भएको बताएको छ ।



    अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनको ट्रायलमाथि पूरा संसारले निगरानी राखिरहेको छ ।यतिबेला संसारभरी करिब एब दर्जन स्थानमा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको छ तर जानकारले अक्सफोर्ड युनिभर्सिटीको ट्रायल सबैभन्दा अघि भएको मान्यता राखेका छन् ।



    यहाँ तेस्रो चरणको ट्रायल भइरहेको छ र बजारमा सबैभन्दा उपलब्ध हुने भ्याक्सिन अक्सफोर्ड युनिभर्सिटीकै होस् भनेर आशासमेत गरिएको छ । भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा हज्जारौं मानिस समावेश हुन्छन् र यसमा कतिपय अवस्थामा त थुप्रै वर्ष लाग्न सक्छ ।

    कोरोना भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा करिब ३० हजार मानिस समावेश छन् ।अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले भने, ‘ठूला ट्रायलमा बिरामी हुने पूर्ण आशंका छ तर यसको ध्यानपूर्वक परीक्षण गर्नका लागि यसको स्वतन्त्र पुनर्परीक्षणको अत्यावश्यक छ ।’

    अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको भ्याक्सिनको ट्रायल दोस्रो पटक रोकिएको हो । ठूला ट्रायलमा यस्तो हुनु सामान्य कुरा हो र जब परीक्षणमा समावेश व्यक्तिलाई अस्पताल भर्ना गर्दा उनको रोगको कारण तत्काल पत्ता लाग्न नसक्दा ट्रायल रोकिने गरिन्छ ।

    केही दिन पछि ट्रायल पुनः सुरु हुने अनुमान गरिएको छ । स्रोतः बीबीसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार