Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चोरीका ४ वटा भारतीय गाडीहरु बरामद

    चोरीका ४ वटा भारतीय गाडीहरु बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी कार्यलय पर्साले भारतबाट चोरी पैठारी गरी नेपाल ल्याएर चलाइरहेका विभिन्न मोडलका चारवटा सवारीसाधन पक्राउ गरेको छ ।

    भारतबाट चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण वडा एरियाहरुमा चलाई रहेको छन् भन्ने विशेष सूचनाको आधारमा अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले असर ३० गते भारतीय नंम्बरको स्कारपियो र बोलेरो गाडीहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



    प्रहरीका अनुसार जिल्ला पर्सा बीरगञ्ज–११ श्रीपुर स्थित सडक खण्डमा भारतीय नम्बर BR05PA6151, BR01PC7895 को २ वटा स्कारपियो, BR05PA1091 सुमो गोल्ड र BR30S4701 नम्बरको बोलेरो गाडी फेला परेकाे हाे ।



    बरामद गरी प्रहरी कार्यालयमा ल्याई राखिएकोमा हालसम्म कोही कसैले पनि उक्त सवारी साधनसँग सम्बन्धित आवश्यक कागजात सहित प्रहरी कार्यालयमा सम्पर्क राख्न नआएको हुँदा आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार