Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मोटरसाईकल चोरीको आरोपमा दुई जना पक्राउ

    मोटरसाईकल चोरीको आरोपमा दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ मंसिर २०७७
  • 2.1K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । मोटरसाइकल चोरी आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दोलखा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने १९ वर्षीय संगित तामाङ र दोलखाकै सैलुङ गाउँपालिका-२२ घर भई भक्तपुरको गठ्ठाघर बस्ने १९ वर्षीय सलिन तामाङ रहेका प्रहरीले जनाएकाे छ।



    उनीहरुले भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ कौशलटारस्थित कमलधाराबाट प्रदेश ३-०२-०१७ प. ७६७७ नम्बरको मोटरसाइकल शनिबार मध्यराति चोरी गरेका थिए ।



    मोटरसाइकल चोरी भएको सूचना पाएलगत्तै प्रहरीले चेकजाँचलाई कडा पारेको थियो । जाँचकाे क्रममा आइतबार बिहान ९:३० बजे कौशलटारबाट चोरी भएको उक्त मोटरसाइकल र सलिन तामाङलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

    सिन्धुपाल्चोकका सागर तामाङले मोटरसाइकल चोरी भएको उजुरी दिएपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार