Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चितवनमा चोरी गाडी र मोटरसाइकल गिरोहका दुई नाइके पक्राउ, छुटाउन चलखेल

    चितवनमा चोरी गाडी र मोटरसाइकल गिरोहका दुई नाइके पक्राउ, छुटाउन चलखेल

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 5.1K
    SHARES

    चितवन ।  चितवनमा चोरी गाडी तथा मोटरसाइकल गिरोहका दुई नाइकेलाई प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले हिजो राती दीपेन्द्र श्रेष्ठ  ‘दीपु’ र रोहित श्रेष्ठलाई पक्राउ गरेको छ।

    लकडाउनमा पनि चितवनमा कार्यालय नजिकैका स्थानबाट दैनिक ५ वटा सम्म मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले चोरी किनबेचको गिरोहका नाइकेहरुलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी अधिकारीले वताए।



    दीपु र रोहित चितवनमात्र नभई देशभर कहलिएका चोर हुन। यसअघि २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुकसहित गत बर्ष असार १३ मा पक्राउ परेका गिरोहका नाइके रोहितलाई सार्वजनिकमा मुद्दा चलाएर तत्कालिन एसपी दानबहादुर मल्लले उन्मुक्ति दिएका थिए।



    उक्त प्रकरणमा मल्ललाई तीन नम्बर प्रदेश प्रहरी कार्यालयले स्पष्टिकरण समेत लिएको थियो। रोहित जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएका अभियुक्त समेत हुन।

    कास्की प्रहरीले पटक पटक रोहितलाई उपस्थित गराउन चितवन प्रहरीलाई पत्राचार गरेपनि प्रहरीसँगको सेटिङका कारण उनलाई कास्की पठाइएको छैन।

    पोखरामा दीपु र रोहितले गिरोह नै परिचालन गरेर मोटरसाइकल चोरी गर्न पठाउने र त्यहाँबाट ल्याइएका मोटरसाइकलहरुलाई उनीहरुले आफ्नो ग्यारेजमा लगेर पाटपूर्जा समेत विक्री वितरण गर्दै आएको प्रहरी अधिकारीहरु नै वताउंछन्।

    त्यस्तै, उनीहरुले नक्कली बिलबुक र लाइन्सेन्ससमेत बनाउंने गरेको खुलेको छ।  चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले उनीहरुमाथि अनुसन्धान भइरहेको वताएका छन् ।  यो गिरोहले चितवन जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीलाई समेत उनले मासिक रुपमा नजराना दिएर सूचनाबाहक बनाएका छन् ।

    यसरी निर्वाध रुपमा चोरीका गाडी र मोटरसाइकल खरिद बिक्री गर्ने  श्रेष्ठद्वयलाई चितवनका पूर्वमाओवादी नेताको समर्थन समेत रहेको छ । उनीहरुलाई छुटाउन पूर्व माओवादीका केही नेता समेत लागिपरेका स्रोत वताउँछ।

    यसरी हुन्छ चोरीको कारोबार

    दीपु श्रेष्ठको मनकामना वर्कसपमा काठमाडौं, पोखराजस्ता सहरबाट चोरीका मोटरसाइकल लाने र बिक्री गर्ने गरिन्छ । उनको वर्कसपमा चोरीका गाडीदेखि मोटरसाइकलको कारोबार हुने गरेको छ ।

    काठमाडौं, पोखरा जस्ता सहरबाट चोरीका अधिकांश मोटरसाइकल दीपुकै मनकामना वर्कसपमा पुग्ने गरेका छन् । चोरीका मोटरसाइकल मनकामना वर्कसपमा पुग्नासाथ अप्रेसन(खोलखाल) पारी अर्काे नयाँ मोटरसाइकल तयार पारिन्छ ।

    काठमाडौंबाट चोरी भएका ९० प्रतिशत मोटरसाइकल पनि चितवन पुग्छन् र त्यहीँं तिनको खरिदबिक्री हुन्छ । उक्त खरिद बिक्री गर्ने गिरोहका नाइके दीपु र रोहित नै हुन् ।

    ललितपुरमा ५ वटा चोरीका मोटरसाइकलसहित पक्राउ परेका तेजबहादुर तामाङको बयानका आधारमा दीपु श्रेष्ठलाई पक्राउ गर्न तत्कालिन एसएसपी रबिन्द्र धानुकको पालामा ललितपुर प्रहरीले टोली पठाए पनि रित्तो हात फर्किएको थियो ।

    केही बर्ष अघि मनकामना रिकन्डिसन हाउसमा चोरी गरी लगिएका मोटरसाइकलको चाङ र कारागारमा रेहेका दीपुका सहयोगी तेजबहादुर तामाङ

    तेजबहादुर तामाङले बयानका क्रममा मोटरसाइकल चोरीमा दीपु श्रेष्ठ र सुमित लामाको नाम लिएका थिए । तामाङले सुमित र आफूले मोटरसाइकल चोरी गर्ने र दीपुको रत्ननगर नगरपालिकास्थित मनकामना अटो एण्ड रिकन्डिसनमा लगेर बिक्री गर्ने बयान दिएका थिए ।

    त्यही बयानका आधारमा प्रहरीले दीपुलाई पक्राउ गर्न तत्परता देखाएको थियो । तर, प्रहरीका एक अधिकृतमार्फत् सेटिङ मिलाएर उनी पक्राउ पर्नबाट जोगिएका थिए ।

    पछि सोही मुद्दामा महानगरिय ट्राफिक महाशाखाको टोलीले चितवनबाट दीपुलाई पक्राउ गरी ललितपुर प्रहरीमा पठाए पनि उनी सेटिङ मिलाएर ५ दिनमै छुटेका थिए।

    तेजबहादुर तामाङ भने अहिले केन्द्रिय कारागार सुन्धारामा छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार