Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चोरीका क्रेटा गाडी काठमाडौंमा छ्यापछ्याप्ती , भारतीय नागरिकसहित दुई जना पक्राउ

    चोरीका क्रेटा गाडी काठमाडौंमा छ्यापछ्याप्ती , भारतीय नागरिकसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ९ साउन २०७८
  • 5.8K
    SHARES

    काठमाडौं। महानगरिय अपराध महाशाखाले उपत्यकाका बिभिन्न स्थानमा भन्सार छलेर ल्याइएका सवारी साधन बिक्री गर्ने गिरोहका दुई जनालाई गाडी र पाटपुर्जासहित पक्राउ गरेको छ।

    महाशाखाबाट खटिएको प्रहरी टोलीले साउन ७ गते बौद्धबाट हुण्डाई कम्पनीको दुई वटा क्रेटा गाडी र पाटपुर्जासहित उनीहरुलाई पक्राउ गरेको हो।



    पक्राउ पर्नेहरुमा मुस्ताङ लोधोगार दामोदर कुण्ड गाँउपालिका वडा न. ४ घर भई काठमाडौं बौद्ध बस्ने आग्या गुरुङ र भारत पश्चिम बंगाल दार्जिलिङ भई काठमाडौं बौद्धबस्ने  सोनाम टासी योल्मो रहेका छन्।



    उनीहरुलाई  आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल भन्सार कार्यालय काठमाडौं पठाईएको महाशाखाले जनाएको छ।

    महानगरिय अपराध महाशाखाका एक अधिकारीका अनुसार लकडाउनको समयमा चोरी गिरोहले थुप्रै कम्पनीका गाडीहरु भन्सार छलेर भित्राएको हुन सक्ने आशंकामा प्रहरीले भित्रभित्रै कारवाही अभियान शुरु गरेको छ।

    प्रहरीले बरामद गरेका सामान यसप्रकार छन् :

    ईन्जिन नम्बर D4FCJMJM710203, च्यासिस नम्बर MALC281RLJM510761 सेतो रंगको बा. १९ च.२०३६ भएको सेतो रंगको गाडी थान- १
    २.ईन्जिन नम्बर D4FBKM837583 च्यासिस नम्बर MALC381UMKM625769 भएको अटो गेर भएको DL8CAZ6082 भएको सेतो रंगको गाडी थान- १

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार