Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • यी हुन् भारतबाट कार चोरेर ल्याएर नेपालमा बेच्न खोज्नेहरु…

    यी हुन् भारतबाट कार चोरेर ल्याएर नेपालमा बेच्न खोज्नेहरु…

    नक्कली ब्लुबुक र सर्टिफिकेट बनाउनेहरु महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 3.2K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले भारतबाट कार चोरी गरी नेपालमा ल्याएर बिक्री गर्ने २ जना नक्कली ब्लूबुक बनाउने २ जना गरी ४ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा भक्तपुर सुर्यविनायक बस्ने मधु शिलवाल, २४ बर्षीय अरुण खड्का, लम्जुङ सुन्दर बजारका ३३ बर्षीय कमल बाबु पुरी र ४१ बर्षीय रेवती रमण निरौला रहेका छन्।



    कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार चोरीमा संलग्न हुनेले नेपालमा नक्कली ब्लुबुकसमेत बनाएको भेटिएको छ । महाशाखाले कार चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएसँगै भारतमा चोरिएका कार नेपालमा प्रयोग हुने गरेको खुलेको एसएसपी खापुङको भनाइ छ।



    ‘काठमाडौंको भीमसेनगोलामा रहेको एक पसलबाट नक्कली ब्लुबुक बनाउने २ जनालाई पक्राउ गरिएको हो, एसएसपी खापुङले भने, ‘उनीहरुले विश्वविद्यालयका सर्टिफिकेटहरु पनि नक्कली बनाउने गरेको पाइएको छ ।’

    पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले  बिभिन्न सरकारी कार्यालयका छाप, बिश्वबिद्यालयका छाप, यातायात ब्यबस्था कार्यालयका छाप लगायत जम्मा १९१ वटा स्टाम्प (छाप) लगायत बिभिन्न शैक्षिक संस्थाका प्रमाण पत्रहरु, सवारी चालक अनुमती पत्र लगायतका कागजातहरु बरामद गरेको एसएसपी खापुङले जानकारी दिए।

    उनका अनुसार  बरामद भएका सवारी साधनको प्रचलित बजार मुल्य प्रति कार ७० लाख का दरले करिब १ करोड ४० लाख रुपैँया रहेकोमा उनीहरुले प्रति कार ४५ लाखका दरले ९० लाखमा बिक्री गर्न लागि रहेको समेत अनुसन्धानमा खुल्न आएको छ।

    पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाईएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार