Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नक्कली सुन राखेर बैंकबाट २४ लाख कर्जा लिए, एकजना पक्राउ

    नक्कली सुन राखेर बैंकबाट २४ लाख कर्जा लिए, एकजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 555
    SHARES

    कास्की । पोखरामा नक्कली सुन धितोमा राखी कर्जा लिएर बैंकलाई नै ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका ३ घर भई हाल पोखरा १८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनार रहेका छन् ।

    कास्कीको पोखरा महानगरपालिका १७ बिरौटास्थित राष्ट्रिय वाणिज्य बैंकबाट २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएर ठगी गरेको उनीमाथि आरोप छ । उनले विभिन्न खालका नक्कली सुनका गरगहना धितोमा राखी एक पटक १६ लाख ६० हजार र अर्को पटक ७ लाख ४५ हजार रुपैयाँ गरी २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएका थिए ।



    कर्जा लिएपछि लामो समयसम्म कर्जाको व्याज तथा साँवा बुझाउन नआएपछि बैकले उनले धितोमा राखेका गरगहना चेकजाँच गरेको थियो ।



    चेकजाँचको क्रममा कमसल सुन प्रयोग गरी तयार गरिएको नक्कली गरगहना रहेको खुल्न आएको बैंकलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार