Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • चितवनमा बाइक चोरी गिरोहका नाइके पुनः पक्राउ, छुटाउन चलखेल

    चितवनमा बाइक चोरी गिरोहका नाइके पुनः पक्राउ, छुटाउन चलखेल

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 3.7K
    SHARES

    चितवन । चितवनमा चोरी गाडी तथा मोटरसाइकल गिरोहका नाइके रोहित श्रेष्ठ पक्राउ गरेको छन्। यसअघि पनि चोरी प्रक्ररणमै पक्राउ पर्दै छुट्दै आएका श्रेष्ठलाई सोमबार दिउसो चोरीका ७ वटा मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनको घरबाटै पक्राउ गरेको हो । बरामद मोटरसाइकलहरु अधिकांश काठमाडौंबाट हराएका हुन् ।

    श्रेष्ठ १ वर्ष जेल सजाय काटेर भर्खरै मात्र कास्की कारागारबाट निस्केका थिए । चितवनमा अहिले दैनिकजसो ३ देखि ५ वटासम्म मोटरसाइकल चोरी हुने गरेको प्रहरीको रेकर्डमा उल्लेख छ । लकडाउनमा पनि चितवनमा कार्यालय नजिकैका स्थानबाट दैनिक मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले चोरी किनबेचको गिरोहका नाइकेहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।



    तर, मोटरसाइकल चोरीनेक्रम रोकिएको छैन । पक्राउ परेका श्रेष्ठलाई छुटाउनका लागि जिल्ला माओवादीका नेताहरुले प्रहरीमा दबाब दिइरहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारीले श्रेष्ठ पक्राउ परेको स्वीकार्दै आफू विदामा बसेको हुँदा थप कुरा डिएसपीसँग बुझ्नु भन्दै पन्छिए ।



    स्रोतका अनुसार श्रेष्ठलाई छुटाउन केशव पौडेललगायतका माओवादीका कार्यकर्ताहरुले प्रहरीमा दबाब दिइरहेका छन् । हिजो दिउसो पक्राउ परेका श्रेष्ठको अहिलेसम्म म्याद थप नभएको चितवन प्रहरी स्रोत बताउँछ ।

    श्रेष्ठ चितवनमात्र नभई देशभर कहलिएका चोर हुन। चितवन प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रोहित मोटरसाइकल वर्कसपका संचालक श्रेष्ठसहित चार जनालाई २०७६ असार १३ मा २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुकसहित
    पक्राउ गरेको थियो । तर, पक्राउ परेको १० दिनमै तत्कालिन एसपी दानबहादुर मल्लले सार्वजनिकमा मुद्दा चलाएपछि श्रेष्ठ १० हजार धरौटीमा छुटेका थिए।

    उक्त प्रकरणमा मल्ललाई तीन नम्बर प्रदेश हाल बागमती प्रहरी कार्यालयले स्पष्टिकरण समेत लिएको थियो। त्यतिखेर श्रेष्ठ जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएका अभियुक्त समेत थिए ।

    श्रेष्ठले देशभर नै गिरोह नै परिचालन गरेर मोटरसाइकल चोरी गर्न पठाउने र त्यहाँबाट ल्याइएका मोटरसाइकलहरुलाई आफ्नो ग्यारेजमा लगेर पाटपूर्जा समेत विक्री वितरण गर्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

    श्रेष्ठको गिरोहले नक्कली बिलबुक र लाइन्सेन्ससमेत बनाउंने गरेको खुलेको छ। यो गिरोहले चितवन जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीलाई समेत उनले मासिक रुपमा नजराना दिएर निर्वाध रुपमा चोरी धन्दालाई सञ्चालन गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार