Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बैंकिङ कसुर मुद्धाका फरार अभियुक्त पक्राउ

    बैंकिङ कसुर मुद्धाका फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 3.5K
    SHARES

    फाइल तस्विर

    भक्तपुर । अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरको मुद्धामा फरार रहेका मधुराम प्रधानाङ्ग र चोरी मुद्धाका फरार सुमन भन्ने एकादशी प्याठलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए ।

    प्रतिभा नायभा श्रेष्ठको जाहेरीको आधारमा भक्तपुर जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्धामा दोषि ठहर भएका प्रधानाङ्गलाई सोमबार पक्राउ गरिएको हो । प्रधानाङ्गलाई २०७६ साल माघ २७ गते अदालतले छ लाख ९६ हजार एक सय रुपैयाँ जरिवाना उसुलउपर गर्ने फैसला सुनाएको थियो ।



    प्रधानाङ्गलाई फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौ पठाइएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी चोरी मुद्धाका फरार सुमन भन्ने एकादशी प्याठलाई पनि सोमबारनै पक्राउ गरिएको डीएसपी गिरीले जानकारी दिए।
    विश्वराम लवजुको जाहेरीले प्याठलाई चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतले सोही मितिमा एघार हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार