Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लखेटेरै सशस्त्र प्रहरी जवानको हत्या

    लखेटेरै सशस्त्र प्रहरी जवानको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । सिरहामा लखेटेरै एक सशस्त्र प्रहरी जवानको हत्या गरिएकाे छ। सिरहा नगरपालिका १७ स्थित बोर्डर आउट पोष्ट (वीओपी)मा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्या भएकाे हाे।

    हत्यामा संग्लन भएकाे आरोपमा प्रहरीले तीनजना पक्राउ समेत गरेकाे छ। पक्राउ पर्नेमा सिरहा नगरपालिका ३ का २५ वर्षीय जयकेश कुमार यादव, २० वर्षीय मंगला भनिने दिपेशकुमार यादव र २२ वर्षीय बुलना भनिने मुकेशकुमार यादव छन् । यादव गत असार १६ गते सोही नगरपालिका १४ खिरौनामा रहेको नहरमा मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानका क्रममा उनको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको थियो ।



    प्रहरी जवान यादव एक विवाहमा गएको बेला सामान्य विवाद भएको घटनालाई लिएर चोर भन्दै लखेटेर पानीमा डुबाएर मारेको अनुसन्धानबाट खुलेको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए। डीआईजी सिंहका अनुसार ती प्रहरी जवानलाई उनीहरुले ३ किलोमिटरसम्म लखेटेको खुलेको छ । उनीहरुविरुद्ध अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको सिंहले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार