Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • आरडिटी रिपोर्ट पोजेटिभ आएकी किशोरीको मृत्यु

    आरडिटी रिपोर्ट पोजेटिभ आएकी किशोरीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बारामा कोरोना संक्रमणको शंका गरिएकी १७ वर्षीया किशोरीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी किशोरीलाई नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भिर देखिएपछि बुधबार वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याईएको थियो ।

    ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गर्दा आरडीटि पोजटिभ आएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।



    उनमा जिउ काम्ने तथा पखालाको समस्या रहेको थियो । साथै श्वासप्रश्वास सम्बन्धी समस्या समेत रहेको अस्पताल स्रोतले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार