Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’

    ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालको सक्रियतामा श्रीमतीको हत्या अभियोगमा कारागार बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध प्रदर्शन भएको छ ।

    माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।



    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो ।



    सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटेका छन् । कोइराला छुटे लगतै सामाजिक सञ्जालमा यसको चर्काे विरोध भईरहेको छ । उता महान्याधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि सर्वाेच्च अदालतमा नै निवेदन दर्ता गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार