Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बैकिङ कसुरका फरार अभियुक्त पक्राउ

    बैकिङ कसुरका फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडाैं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट कसुर सजाय भई फरार रहेका राजेन्द्र कुमार महर्जन कलंकीबाट पक्राउ परेका हुन् ।

    कलंकी घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्दै आएका महर्जनविरुद्ध उच्च अदालत पाटनले २०७६ माघ २० गते बैकिङ कसुरमा दोषी ठहर गरेको थियो ।



    अदालतले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरीवाना सुनाएलगत्तै महर्जन फरार भएका थिए । कलंकीमा लुकिछिपी बसिरहेको अवस्थामा महर्जनलाई पक्राउ गरिएको ब्यूरोका प्रमुख सहकुल थापाले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार