Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १३० जनामा संक्रमण पुष्टि, ७५ जना डिस्चार्ज

    कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १३० जनामा संक्रमण पुष्टि, ७५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ ।



    पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार १२८ पुगेको मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार