Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • थप २७४ जनामा कोरोना संक्रमण, डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुग्यो

    थप २७४ जनामा कोरोना संक्रमण, डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा दिएका जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।



    हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार