Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पूर्वप्रधानमन्त्री भट्टराईले भने-कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त

    पूर्वप्रधानमन्त्री भट्टराईले भने-कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 2.5K
    SHARES

    जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)ले भिड जम्मा पार्दै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । सिरहाको गोलबजार नगरपालिकाको चौहर्बामा बिहीबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा दर्जनौंको उपस्थिति थियो ।

    कार्यक्रममा पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कम्युनिष्ट श्रम गरेर खाने पार्टी भए पनि यहाँको कम्युनिष्ट चोरेर, ठगेर खाइरहेको आरोप लगाए । उनले भने, ‘कांग्रेस आफ्नै पापले थला परेको छ । कम्युनिष्ट अर्काको चोरेर, ठगेर खाइरहेका छन् ।’



    कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै उनले आफ्नो पार्टीले कतै पनि भ्रष्टाचार नगर्ने दावी गरे । कार्यक्रममा सहभागी अर्का नेता राजकिशोर यादवले सरकारको चरित्र ठीक नरहेको बताए ।



    कार्यक्रममा अग्रपंक्तिमा बसेकाले मास्कको प्रयोग गरे पनि बीचमा र पछाडि बसेका धेरैले मास्कको प्रयोग गरेका थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार