Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कोरोना अपडेट : काठमाडौं उपत्यकामा ३८ सहित २२४ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    कोरोना अपडेट : काठमाडौं उपत्यकामा ३८ सहित २२४ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रपक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । शुक्रबार काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा संक्रमण देखिएको छ ।



    पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ पुगेको मन्त्रालयले जनाएको छ ।



    यस्तै आज थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार