Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौंका ७२ सहित देशभर ३२२ प्रहरीमा कोरोना संक्रमण, आज १८ थपिए

    काठमाडौंका ७२ सहित देशभर ३२२ प्रहरीमा कोरोना संक्रमण, आज १८ थपिए

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १८ जना प्रहरी रहेका छन् ।

    प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट शुक्रबार थप १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।



    प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले हालसम्म काठमाडौं उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।



    कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन् । उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार