Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आलोचना बढेपछि आईजीपी क्षेत्रीले गरे प्रहरी अस्पतालका कर्मचारीहरुसँग छलफल

    आलोचना बढेपछि आईजीपी क्षेत्रीले गरे प्रहरी अस्पतालका कर्मचारीहरुसँग छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, ७ जेष्ठ २०७८
  • 3.3K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी )शैलेश थापा क्षेत्रीले कोभिड-१९ को समस्याको बारेमा नेपाल प्रहरी अस्पताल महाराजगंजका कर्मचारीहरुसँग छलफल गरेका छन् ।

    आईजीपी क्षेत्रीले प्रहरी अस्पतालकी मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंह लगायतका अस्पतालमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरुसँग शुक्रबार प्रहरी प्रधान कार्यालयमा छलफल गरेका हुन।



    नयाँ भेरियन्ट सहितको कोभिड-१९ को दोस्रो लहरका कारण संक्रमितहरुको संख्या बढ्दै गईरहेको अवस्थामा यसको नियन्त्रण तथा नेपाल प्रहरी अस्पतालले गर्ने उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, साधनश्रोत तथा जनशक्तिको व्यवस्थापन लगायतका बिषयमा छलफल गरिएको हो ।



    आईजीपी क्षेत्रीले कोभिड- १९ संक्रमितहरुको उपचारमा खटिने चिकित्सक तथा कर्मचारीहरुले सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी उपचाररतप्रति अझै बढी संवेदनशील भई पारिवारिक वातावरणका साथ उपचारमा संलग्न हुनुपर्ने वताएका थिए ।

    छलफलका क्रममा नेपाल प्रहरी अस्पतालकी मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले अस्पतालको गतिविधि तथा कोभिड-१९ नियन्त्रणको लागि गरिएका प्रयास र उपचार पद्धतिबारे जानकारी गराएकी थिइन ।

    पछिल्लो समय फ्रन्टलाइनमा खटिने आफ्नै मातहतका प्रहरीहरुले कोरोन संक्रमणले थलिएको बेला समेत प्रहरी अस्पतालमा बेड नपाएको तथा स्वास्थ्य सुरक्षालगायतका सामाग्री नपाएको गुनासो बढेपछि संगठनभित्र आईजीपीको आलोचना भएको थियो।

    संगठनमा समस्या बढेपनि उनी आफु मात्र सुरक्षा अपनाएर मौन बसेको आरोप लाग्दै आएको छ।

    आईजीपी क्षेत्रीमाथि कोरोना महामारीका बेला फ्रन्टलाइनमा खटिने तल्लो तहका प्रहरीहरुको समस्याप्रति उत्तरदायी भूमिका नखेलेको समेतआरोप लाग्ने गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार