Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गुप्तचरबाट आएका टोलीको कब्जामा नेपाल प्रहरी, बदनाम हुँदै आईजीपी

    गुप्तचरबाट आएका टोलीको कब्जामा नेपाल प्रहरी, बदनाम हुँदै आईजीपी

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 3.6K
    SHARES

    काठमाडौैं । राजनीतिक हस्तक्षेपले नियमित सरुवा रोकिएपछि गृह मन्त्रालयले दैनिकजसो काज सरुवागर्न थालेको छ । कतिपय महत्वपूर्ण कार्यालयमा काज सरुवाहुनथालेको छ ।

    शनिबार सर्लाही र धनुषाका एसपी फेरियो, आइतबार दरबारबार वृत्त र इप्रका बुटवलका इन्चार्ज फेरिए । यी सबै कार्यालयमा इन्चार्जका लागि ठूलो लबिङ हुने गरेको छ । सरुवामा बाजी मार्ने पात्र देखेपछि प्रहरी मुख्यालयमा नैराश्यता छाएको छ । किनकी विवादास्पद पात्रले त्यसमा बाजी मारेका छन् । सर्लाहीमा एसपी कृष्ण प्रसाईलाई पठाइएको छ । डिएसपीमा हुँदा उनीमाथि बलात्कार जस्तो गम्भीर आरोप लागेको थियो । त्यस्तै दरबारमार्ग वृत्तमाअर्का विवादास्पद डिएसपी विश्वराज खड्कालाई पठाइएको छ ।



    त्यतिबेला कारबाहीस्वरुप आफैंले हटाएका डिएसपीलाई अहिले दरबारमार्ग वृत्तमा पठाएर प्रहरी महानिरीक्षक शैलेश थापा आलोचित बनेका छन् । गृहमन्त्रीबाटै दबाब आएपछि उनको सरुवा गरिएको स्रोत बताउँछ । खड्का गुप्तचरबाट प्रहरीमाआएका अधिकृत हुन् ।



    पछिल्लो समय प्रहरीमा गुप्तचर टोलीकै दबदबा छ ।  आफूअनुकुल दरबन्दी थप्ने प्रयास समेत गरिरहेका छन् ।

    हाल ११ जिल्लामा एसएसपी खटाउने भन्दै उनीहरुले नै दरबन्दी थप्न लागिपरेका छन् । त्यसमाआफू बढुवा हुने र ठूला जिल्लामा इन्चार्ज भएर पैसा कमाउने उनीहरुको योजना छ । चुनावमा कांग्रेसलाई सहयोग गर्ने भन्दै उनीहरु संगठित भएर यसमा लागेको स्रोत बताउँछ । उनीहरुको योजना सफल भएमा नेपाल प्रहरी २० वर्ष पछाडी फर्कनेछ ।

    झापा, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, रुपन्देही, कास्की, बाँके, दाङ र कैलालीमा एसएसपीको दरबन्दी थप्न लागिएको छ । ‘अहिले गृह मन्त्रालय राअवि टोलीको कब्जामा छ,’ एक उच्च प्रहरी अधिकारी भन्छन्,‘उनीहरु अहिले प्रहरी भन्दा कांग्रेस कार्यकर्ता जस्ता भएका छन् ।’ उनीहरु कांग्रेस भएकै कारण खुमबहादुर खड्काको पालामा सोर्सफोर्सकाआधारमा गुप्तचरमा भर्ना भएका थिएभने, अहिले चलखेलकै आधारमा प्रहरीमा स्थानान्तरण भएकाहुन् । संगठनलाई बदनाम गराएका राअविका उनीहरु नै अहिले प्रहरी संगठन कब्जा गर्ने अभियानमा लागेका छन् । – दृष्‍टि साप्ताहिकमा खबर छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार