Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तस्करी र सीमा अपराध नियन्त्रण गर्न आईजीपीको निर्देशन

    तस्करी र सीमा अपराध नियन्त्रण गर्न आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    सर्लाही । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले सीमा नाकामा हुने अपराध, लागूऔषधको अवैध कारोबार र सीमा अपराध नियन्त्रण गर्न निर्देशन दिएका छन्।

    सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाही मातहतका कार्यालय, कार्यालय प्रमुख तथा कार्यरत प्रहरी अधिकृत एवं जवानहरुलाई आईजीपी क्षेत्रीले तस्करी र सीमा अपराध नियन्त्रण गर्न निर्देशन दिएका हुन्।



    आईजीपी क्षेत्रीले प्रहरीका हरेक क्रियाकलाप प्रहरी संगठनसँग जोडिने हुनाले प्रहरी कर्मचारीहरुले आफ्नो कर्तव्य सदैव पारदर्शी रुपमा बहन गर्नुपर्ने उल्लेख गरे ।



    आईजीपी क्षेत्रीले प्रहरी कर्मचारीहरुले अपराध नियन्त्रण तथा सफल अनुसन्धान, तस्करी तथा सीमा अपराध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरणलगायत जनसरोकारका कार्य सञ्चालनमा सरोकारवाला निकायहरुसँग समन्वय राख्नु पर्ने बताए ।

    कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका एसएसपी मसाउद आलम खाँ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईं लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार