Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आँफैले कारवाही गरेका डिएसपीलाई आईजीपी क्षेत्रीले गरे पुरस्कृत

    आँफैले कारवाही गरेका डिएसपीलाई आईजीपी क्षेत्रीले गरे पुरस्कृत

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । स्वच्छ छवीका आईजीपी भनेर चर्चा पाइरहेका शैलेश थापा क्षेत्रीका कारण नेपाल प्रहरीका इमान्दार कर्मचारीहरुको शिर निहुरिने अवस्था आएको छ।

    किनकी आईजीपी क्षेत्रीले पटक – पटक कारबाहीमा परेका डिएसपीलाई आज मात्र महानगरीय प्रहरी वृत्त दरबारमार्गको जिम्मेवारी दिएका छन्।



    क्षेत्रीले शक्तिकेन्द्रबाट आएको निर्देशनलाई नकार्न सकेनन्। उनलाई अबकाश हुन ६ महिना मात्र बाँकी रहेको बेला पनि पद जोगाउने डर छ।



    बालाजु र गजुरीबाट कारबाहीस्वरुप तानिएका डिएसपी विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेर दरबारमार्गमा पठाएको हो ।

    कारबाही स्वरुप आफैंले हटाएका डिएसपीलाई अहिले दरबारमार्ग वृत्तमा पठाएर आईजीपी क्षेत्रीले पुरस्कृत गरेका हुन ।

    त्यस्तै इप्रका बुटवलमा डिएसपी ठगबहादुर केसीलाई पठाइएको छ । उपत्यकाका अन्य वृत्तहरुमा पनि डिएसपीको हेरफेरको तयारी भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार