Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एसपीका कारण सिंगो प्रहरी बदनाम, निलम्बन सिफारिस अलपत्र

    एसपीका कारण सिंगो प्रहरी बदनाम, निलम्बन सिफारिस अलपत्र

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 3.2K
    SHARES

    काठमाडौं । एक विवादास्पद प्रहरी अधिकृतका कारण सिंगो प्रहरी संगठन नै बदनाम भएको छ । तर, राजनीतिक दबाबका कारण ती अधिकृतमाथि कारबाही गर्न प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले आँट गरेको छैन । धनुषाका एसपी विश्वराज खड्काका कारण यति बेला नेपाल प्रहरीमाथि अनेक प्रश्न उठेका छन् ।

    जनकपुरकी आरती साहको हत्या घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगर्दा एसपी खड्का मात्र होइन सिंगो प्रहरीको आलोचना भएको छ । साहका परिवार चार महिनादेखि काठमाडौंको माइतीघरमा धर्नामा बस्दै आएका छन् । एसपी खड्का र डिएसपी वेदप्रकाश गौतमलाई कारबाहीको माग राख्दै उनीहरु धर्नामा बसेका हुन् ।



    दाइजोको विषयमा यातना दिएर आरतीको हत्या गरिएको परिवारको दाबी छ । सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न नै खोजेको थिएन । आरोपी पक्षलाई जोगाउन खोजेपछि पीडित र प्रहरीबीच सुरुमै सम्बन्ध राम्रो हुन सकेन । पछि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा चलायो । त्यसमा आरतीका आमा लगायत परिवार सन्तुष्ट हुन सकेनन् । शरीरमा नीलडाम भएको आधारमा कुटपिटबाट हत्या भएको आरतीका परिवार बताउँछन् ।



    डिएसपी गौतमले त पीडित परिवारलाई कुटपिट तथा दुर्व्यवहार समेत गरेका थिए । उनको धनुषाबाट सरुवा भएको छ तर कारबाही भएको छैन । विभिन्न छानबिन समितिले पनि एसपी र डिएसपीलाई कारबाहीको सिफारिस गरेको छ । संसद्को महिला तथा सामाजिक मामिला समितिले एक महिनाअघि नै एसपी र डिएसपीलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

    तर, गृह मन्त्रालयले सो सिफारिस कार्यान्वयन रोकेको छ । प्रहरीकै आन्तरिक छानबिनले पनि प्रहरीले घटनालाई राम्रोसँग ह्यान्डल गर्न नसकेको उल्लेख छ । यती हुँदा पनि एसपी खड्कामाथि कारबाही हुन सकेको छैन । किनकि काँग्रेसका नेताहरुले उनलाई कारबाही नगर्न गृहमन्त्री र प्रहरी नेतृत्वलाई दबाब दिँदै आएका छन् ।

    कार्यक्षमता र आर्थिक अनुशासनमा कमजोर एसपी खड्का नेताकै आडमा सधैँ आकर्षक पोष्टिङ पाउँदै आएका छन् । डिएसपीमा मात्र उनले चार इन्चार्ज खाएका थिए । इप्रका गजुरीमा हुँदा घुस काण्डमा तानिएका उनी पछि पनि काठमाडौंको दरबारमार्ग वृत्तको प्रमुख भए । त्यही हुँदा सिनियरलाई उछिन्दै एसपीमा बढुवा भएका थिए । एसपी भएको केही महिनामै धनुषा गएका थिए ।

    काँग्रेसका दिवंगत नेता खुमबहादुर खड्का भतिज पर्ने उनी प्रहरी भन्दा काँग्रेस कार्यकर्ता भएर काम गर्ने गरेको प्रहरी अधिकारी बताउँछन् । उनी गुप्तचरबाट कांग्रेसकै जोडमा नेपाल प्रहरीमा स्थानान्तरण गरिएका अधिकृत हुन् । इन्स्पेक्टरमा ललितपुरमा हुँदा एक लाख घुस मागेको काण्डमा परेपछि कारबाही भएको थिएन ।

    यस पटक पनि पैसा र पावरकै बलमा उनी कारबाहीबाट जोगिने प्रयासमा छन् । जसको मूल्य सिंगो प्रहरी संगठनले चुकाउनुपरेको छ । यती विवादास्पद एसपीलाई सरुवा नगरिएको विषयमा प्रहरीका उच्च अधिकारीले नै आश्चर्य मानेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार