Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • करेन्ट लागेर जनकपुरमा एक महिलाको मृत्यु

    करेन्ट लागेर जनकपुरमा एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 333
    SHARES

    फाइल तस्विर

    धनुषा। जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको हो ।



    उनलाई आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा करेन्ट लागेको थियो।



    उपचारको लागि न्यूरो हस्पिटलमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार