Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • भिडियो हेर्ने विषयमा विवाद हुँदा घाँटी रेटेर एक युवकको हत्या

    भिडियो हेर्ने विषयमा विवाद हुँदा घाँटी रेटेर एक युवकको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 996
    SHARES

    फाइल तस्विर

    धनुषा । घाँटी रेटेर धनुषामा एक युवकको हत्या भएको छ ।

    जनकनन्दनी गाउँपालिका-२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै हत्या गरेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेका थिए ।



    गम्भीर घाइते नदाफलाई उपचारको क्रममा भारत लगिएको थियो । उनको उपचारको क्रममा राति २ बजे मृत्यु भएपछि शव घर ल्याएर प्रहरीलाई खबर गरिएको थियो ।

    प्रहरीले हत्यामा संलग्न स्थानीय ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ गरेको छ ।

    घटना विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार