Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद, हत्याको आशंका

    जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद, हत्याको आशंका

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 435
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद गरेको छ ।

    जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचौकमा रेल्वे लिक नजिकैको पोखरी डिलमा २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो।



    पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोलीले घटनास्थल पुगेर जलेको शव नियन्त्रणमा लिएको थियो ।



    शव महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया मप्रियंका महतोको रहेको धनुषा प्रहरीले जनाएको छ ।

    शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार