Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • धनुषामा स्थानीय र प्रहरीबीच झडप, ९ सेल अश्रुग्यास प्रहार

    धनुषामा स्थानीय र प्रहरीबीच झडप, ९ सेल अश्रुग्यास प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 357
    SHARES

    धनुषा । धनुषाको औरही गाउँपालिकामा प्रदर्शन गरिरहेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ।

    औरही गाउँपालिका वडा नम्बर १ पौडेसरमा सडक बन्द गरी टायर बालेर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झडप भएको हो ।



    स्थानीय र प्रहरीबीच झडप हुँदा तीन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    स्थिती तनावग्रस्त बनेपछि प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको छ।

    १० दिनअघि दुई युवती अपहरणमा गरे पनि प्रहरीले खोजी नगरेको आरोप स्थानीयको छ।

    स्थानीयले प्रहरीले युवतीहरूको खोजी नगरेको भन्दै बिहीबार बिहानैदेखि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

    प्रहरीले भने युवतीहरूको खोजी भइरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार