Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु, सँगै बसेका दुई युवक फरार

    होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु, सँगै बसेका दुई युवक फरार

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 963
    SHARES

    फाइल तस्विर

    धनुषा। जनकपुरधामको सिटी स्टार होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ।

    रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी थिइन्।



    उनको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन्।

    युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

    सँगै बसेको भनिएका दुई युवकको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार