Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • जनकपुरको नमुना गेस्ट हाउसमा एक युवक मृत फेला

    जनकपुरको नमुना गेस्ट हाउसमा एक युवक मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 306
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । जनकपुरको नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् ।

    मृ‌त फेला पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय मित कुशियैत यादव छन् ।



    होटलको कोठा नं.२०४ मा झुन्डिएको अवस्थामा राति ११ बजे मृत फेला परेको धनुषाका प्रहरीले जनाएको छ । बेलुका ७ बजे युवक कोठा बुक गरेका थिए ।



    राति ११ बजे ढोका खुल्लै अवस्थामा कोठामा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

    घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    यस अघि मंगलबार दिउँसोमात्रै जनकपुरको रामानन्दचोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा एक महिला र एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार