Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बैंक र वित्तीय संस्था सामन्ती बनेको भन्दै उद्योगीहरुको विरोध प्रदर्शन

    बैंक र वित्तीय संस्था सामन्ती बनेको भन्दै उद्योगीहरुको विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 528
    SHARES

    जनकपुरधाम । उद्योगी व्यापारीहरुले जनकपुरधाममा बैंकहरुविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

    पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरुविरुद्ध प्रदर्शन गरेको हो ।



    बैंकको चर्को ब्याजविरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित संघर्ष समितिले निकालेको र्‍याली राष्ट्र बैंक अगाडि पुगेर धर्नामा परिणत भएको थियो ।



    व्यापारीहरुले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्‍याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताएका छन् ।

    उनीहरुले बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार