Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु

    स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 510
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । स्कूल बसको ठक्करबाट जनकपुरमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भारतको मधुवनी घर भई हाल जनकपुरधाम उपमहानगरपालिका २३ बेला बस्दै आएका २७ वर्षीय ममताज कवारी रहेका छन् ।



    बेलामा बा. २ प ७६० नम्बरको श्रीराम स्कूल बसले साइकलमा सवार उनलाई ठक्कर दिएको थियो ।



    ठक्करपछि गम्भीर घाइते उनलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    स्कूल बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार