Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • किन चिसियो आईजीपी क्षेत्री र एआईजी पालबीचको सम्बन्ध ?

    किन चिसियो आईजीपी क्षेत्री र एआईजी पालबीचको सम्बन्ध ?

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार पौडेलको इन्काउन्टर प्रकरणमा महानगरिय प्रहरी कार्यालयमा कार्यरत एआईजी हरि पालविरुद्ध पनि जाहेरी दर्ता भएपछि तनाब उत्पन्न भएको छ ।

    सर्बोच्च अदालतले एक साताभित्र पक्राउ पूर्जी ल्याएर कारवाही थाल्न निर्देशन दिएपनि प्रहरी संगठनले उक्त आदेश कार्यन्वयन गर्न आलटाल गर्दै आएको छ।



    पौडेलको इन्काउन्टर हुँदा प्रदेश नं. २ को प्रहरी प्रमुखमा पाल थिए । ६ महिनापछी अबकाश पाउने तयारीमा रहेका पाललाई कुमार पौडेल इन्काउन्टरले तनाब दिएको छ । जसका कारण उनी कार्यालय पनि धेरै जान छाडेको प्रहरी स्रोत वताउँछ।
    सर्वोच्च अदालतको आदेशपछि सर्लाही प्रहरीमा १२ जनाविरुद्ध पौडेलका आफन्तले जाहेरी दिएका छन् । जाहेरीमा एआईजी पालको नाम पनि छ । पालसहितका सबै अभियुक्तलाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गर्न कुमार पौडेलका आफन्तको माग छ ।



    पौडेल मुठभेडमा मारिएको दाबी प्रहरीको भए पनि मृतकका परिवारले प्रहरीबाटै हत्या भएको बताउँदै आएको छ । पौडेलको ५ असार ०७६ मा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । सो प्रकरणपछि आईजीपी शैलेश थापा क्षेत्री र एआईजी हरि पालबीच सम्बन्ध चिसिएको छ।

    नेपाली कांग्रेसको सरकार आएपछि एआईजी पाल सबैभन्दा धेरै हौसिएका थिए। गृहमन्त्री बालकृष्ण खाँडसँगको निकटका कारण पाल शुरुमा हौसिएका थिए। तर, पछिल्लो समय पालको कार्यशैलीले गर्दा मन्त्री खाँड पाललाई मेट्रोबाट हटाउने निर्क्यौलमा पुगेको गृह स्रोत वताउँछ।

    पालमाथि गृहमन्त्रालयका निर्णयलाई आफु निकट मिडियामा सूचना चुहाएको आरोप लागेको छ ।

    ३३ किलो सुन काण्डमा पनि पालको नाम तस्कर बिमल पोद्दारसँग जोडिएको थियो। पोद्दारले मोरङस्थित सरकारी वकिलको कार्यालयमा पाल आफ्नो मिल्ने साथी भएको बयान दिएका थिए।

    पाल मातहत रहेका भ्रष्ट प्रहरीहरुमथि आईजीपीले गरेका बिभागिय कारवाहीको बिषयमा पनि उनले असन्तुष्टि जनाउने गरेका छन्।

    कलंकी ट्राफिक प्रमुखबाट खसी काण्डले तानिएका इन्स्पेक्टर शंकर खड्कामाथि प्रधान कार्यालयले लिएको एक्सनमा पनि पालले आफुलाई थाहा नदिएर कारवाही गरिएको भन्दै बिरोध जनाएको स्रोतको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार