Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रदेश र जिल्लाका प्रहरी प्रमुखलाई आईजीपीको निर्देशन – विनम्र बन्नुस् तर कमजोर नबन्नुस्

    प्रदेश र जिल्लाका प्रहरी प्रमुखलाई आईजीपीको निर्देशन – विनम्र बन्नुस् तर कमजोर नबन्नुस्

    अनलाइन नेपाल
  • बुधबार, २७ साउन २०७८
  • 2.4K
    SHARES

    कर्तव्य पालनाको शिलशिलामा विनम्र बन्नुस् तर कमजोर नबन्नुस् ( प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री
    मोरङ। प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आफ्नो जिम्मेवारी वहन गर्दै कर्तव्य पालनाको शिलशिलामा विनम्र बन्ने तर कमजोर नबन्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
    १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको बुधबार अवलोकन भ्रमणको क्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिँदै आईजीपी क्षेत्रीले उक्त कुरा बताएका हुन ।
    आईजीपी क्षेत्रीले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापनतर्फ विशेष ध्यान दिन उल्लेख गर्दै लागूऔषध ओसारपसार रोकथाम तथा नियन्त्रण गर्न विशेष चनाखो हुनुपर्ने र महिला तथा बालबालिका माथि हुने हरेक घटनालाई गम्भीरता पूर्वक लिन समेत  प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
    प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्दै नागरिक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका व्यक्तित्वहरुसँग समन्वय गरी शिष्ट व्यवहारका साथ नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागि पर्न बताउँदैआईजीपी क्षेत्रीले अनुसन्धान पद्धतीलाई प्रविधीमैत्री, प्रमाण र परिणाममूखी बनाउँदै सुरक्षा व्यवस्था मिलाउन सशक्त रुपमा काम कारवाही गर्न समेत निर्देशन दिए ।

    बाढी, पहिरो, डुवान लगायतका घटनामा उद्धार टोली र उद्धार सामग्रीहरु सहित तयारी अवस्थामा रहन तथा कोभिड-१९ को रोकथाम तथा नियन्त्रणतर्फ विशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत उनले निर्देशन दिए ।
    १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले समग्र प्रदेशको बारेमा प्रस्तुतीकरण गरेको उक्त कार्यक्रममा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी एवं जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो जिल्लाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार