Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आईजीपी बन्न खेल शुरु : के ओली सरकारले गरेको अबैध कामलाई देउवाले बैधता देलान ?

    आईजीपी बन्न खेल शुरु : के ओली सरकारले गरेको अबैध कामलाई देउवाले बैधता देलान ?

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । आगामी वैशाख १९ गते नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले अवकाश पाउने भएपछि  आईजीपी बन्न चर्को लबिङ शुरु भएको छ।

    एकातिर गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेसँगै उजुरी परेको छ।



    पन्त क्षेत्रीसँगै बैशाख १९ मा घर जाँदै छन् भने सिंह र धानुकलाई आईजीपीमा प्रतिस्पर्धा गर्न पाउने गरी सरकारले एआईजीमा बढुवा गर्न लागेको वताइएको छ।



    तर, लोकसेवा आयोगमा परेको उजुरीको चाँडै किनारा नलागेसम्म सिंह र  धानुक बढुवा हुन भने पाउँदैनन। यसअघि केपी ओली सरकारको पालामा दुई दरबन्दी थपेर विश्वराज पोखरेल र सहकुल थापालाई एआईजी बनाइएको थियो।

    ओली सरकारको पालामा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विश्वराज  पोखरेललाई एआईजी बनाउन मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न  निर्देशन नै दिएको थियो ।

    निर्देशन दिने थिइन, हालकी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ । आफु सभापति रहेको  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने शशि श्रेष्ठले जिकीर गर्दै आएकी थिइन।

    समितिलाई सरकारका गलत क्रियाकलापहरुलाई सच्याउनेदेखि निर्देशन समेत दिन सक्ने अधिकार छ । पोखरेलले एआईजीको फूली लगाएर काम गरेको एक बर्ष नै नाघिसकेको हुँदा अब उनी डीआईजीमा झर्ने संभावना भने देखिदैन। अब के गर्दा समितिको निर्णय पालना हुन्छ त ? यसबारेमा एक मन्त्रीले अनलाइन नेपालसँग भने, ‘अबैध तरिकाले बढुवा भएकालाई अब आईजीपी बन्न नदिनु नै समितिको निर्णय पालना गर्नु सरह हो, सरकारले त्यही निर्णय गर्ला । ‘

    समितिको बैठकमा अधिकांश सांसदहरूले गलत विधिबाट निर्णय भएको भन्दै उक्त बढुवा प्रकृया नै खारेज गर्न निर्देशन दिनुपर्ने बताएपछि समितिको निर्णय कार्यान्वयन गर्न समितिले सरकारलाई निर्देशन दिएको थियो ।

    अहिले सरकार फेरिएको छ र त्यो समयमा राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनलाई ओली सरकारले नै लत्याएपछि प्रहरीमा भद्रगोल भएको थियो।

    अहिले प्रहरीमा सिस्टम बसाल्न लागेको सरकारले के चोर बाटोबाट एआईजी बनेका पोखरेललाई आईजीपी बनाएर ओली सरकारले गरेको अबैध कामलाई बैधता दिएला त ?

    त्यसो त मन्त्री श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निदेशनहरू पालना गर्नुपर्ने बताएकी थिइन ।

    तत्कालिन उपप्रधानमन्त्री इश्वर पोखरेलले आफ्ना नातेदार पर्ने विश्वराजलाई आईजीपी शैलेश थापा क्षेत्रीको कार्यकाल सकिएपछि प्रतिष्पर्धा नै नगराईकन आईजीपी बनाउन  ओलीलाई कन्भिन्स गरी एआईजीमा बढुवा  गराएका थिए ।

    इश्वर पोखरेलको यस्तो गलत कामले गर्दा प्रहरी संगठनमा चेन अफ कमाण्डमा समस्या देखिएको भन्दै आलोचना भएको थियो। अहिले पोखरेललाई कांग्रेसका बिबादास्पाद नेता रामहरी खतिवडाले बोकेर हिँडेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार