Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ६ जना एसपीको सरुवा

    घुसकाण्डमा आँफैले निलम्बन गरेका एसपीलाई आईजीपीले गरे पुरस्कृत

    घुसकाण्डमा आँफैले निलम्बन गरेका एसपीलाई आईजीपीले गरे पुरस्कृत

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६ जना प्रहरी उपरीक्षक (एसपी )हरुको काज सरुवा गर्दा घुस काण्डमा कारवाही भोगेका एक एसपीलाई जिल्ला इन्चार्ज बनाएर पुरस्कृत गरिएको छ।

    घुस काण्डमा आँफैले कारवाही गरेका  एसपी रामेश्वर यादबलाई प्रहरी महानिरीक्षक (आईजीपी )शैलेश थापा क्षेत्रीले पुरस्कृत गरेका हुन् । आईजीपी क्षेत्रीले अबको एक महिनापछि अबकाश पाउँदैछन्।



    एसपी रामेश्वर यादबलाई आईजीपी क्षेत्रीले सिन्धुपाल्चोक जिल्लाको प्रमुख बनाएर पठाएका हुन ।



    कर्णाली प्रदेशको ट्राफिक इन्चार्ज हुँदा मातहतसँग पैसा उठाएको आरोपमा एसपी यादब निलम्बनमा परेका थिए ।  उनै यादबलाई आईजीपी शैलेश थापा क्षेत्रीले सिन्धुपाल्चोकको जिम्मेवारी दिएका हुन  ।

    त्यतीबेला एसपी यादब, अर्का एसपी विमल बस्नेत र इन्सपेक्टर मेघराज चौरसियालाई निलम्बन गरी कारबाही गरिएको थियो ।

    त्यस्तै, मोरङमा शान्तिराज कोइराला तथा ऋषिराज कँडेललाई पश्चिम नवलपरासीको प्रमुख बनाएर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार