Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रहरी संगठनप्रति नागरिकहरुको विश्वासलाई कायम राख्न आईजीपीको निर्देशन

    प्रहरी संगठनप्रति नागरिकहरुको विश्वासलाई कायम राख्न आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 939
    SHARES

    पोखरा । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले जनताको सुरक्षा एवम् संविधानको रक्षार्थ प्रहरी संगठनलाई पूर्वाधार सम्पन्न गराउनु पर्नेमा जोड दिएका छन्  ।

    शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासत कक्ष गरी छुट्टाछुट्टै चारवटा सुविधायुक्त पक्की भवनको उद्घाटन गर्दै आईजीपी क्षेत्रीले नयाँ पूर्वाधारले सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।



    साधन श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने उल्लेख गर्दै आईजीपी क्षेत्रीले समय सापेक्ष नविनतम प्रविधिसंगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई वलियो बनाउनु पर्नेमा जोड दिए ।



    प्रहरी संगठनको लोकप्रियताकै कारण देशमा हाल ६२७ प्रहरी युनिटहरु थप गर्न माग गरिएको जानकारी दिंदै त्यसका लागि २३ हजार जनशक्ति आवश्यक हुने उनको भनाइ छ  ।

    आफ्नो इमान्दारीता र जिम्मेवारीका लागि सवैले आत्मसात गर्नुपर्ने आवश्यकता औल्याउँदै आईजीपी क्षेत्रीले कुनै पनि प्रहरी कर्मचारी आफ्नो काममा नचुकेमा संगठन झुक्न नपर्ने विश्वास व्यक्तगरे ।

    आम सर्वसाधारणले प्रहरी संगठनप्रति आशा एवम् विश्वास गरेको प्रसंग उल्लेख गर्दै उनले मुलुकको शान्ति सुरक्षाको जिम्मा लिएको संगठनलाई सामाजिक सञ्जालमा देखिएका टिका टिप्पणीका आधारमा मूल्यांकन गर्न नहुने बताए।

    कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले प्रहरीले सांगठानिक जिम्मेवारी पुरा गर्दै संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा आवश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण कार्यलाई निरन्तरता दिंदै आएको जानकारी दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार