Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नागरिकलाई पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रदान गर्न आईजीपीको निर्देशन

    नागरिकलाई पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रदान गर्न आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1.3K
    SHARES

    गोरखा । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आम नागरिकलाई पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

    जिल्ला प्रहरी कार्यालय गोरखा परिसरमा नवनिर्मित कार्यालय भवनको उद्‌घाटन गर्दै आईजीपी क्षेत्रीले उक्त कुरा बताएका हुन् । आगामी दिनमा प्रविधिमैत्री एवम् सुविधा सम्पन्न प्रहरी भवनहरु निर्माण गर्दै लैजाने प्रहरी संगठनको नीतिलाई कार्यान्वयन गर्दै लगिने बताए।



    आईजीपी क्षेत्रीले नवनिर्मित भवनहरुको प्रयोग गरी प्रहरी कर्मचारीबाट गुणस्तरीय प्रहरी सेवा सञ्चालन गर्न सहज हुने अपेक्षा व्यक्त गरे ।



    प्रतिकूलताको बिचमा अनुकूलता ल्याउने मुख्य दायित्व प्रहरीको भएकोले आम नागरिकलाई पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए।

    सो अवसरमा आईजीपी क्षेत्रीले २०१२ सालमा नेपाल प्रहरीमा सेवा प्रवेश गरी ३३ वर्ष सेवा पूरा गरी अवकाश प्राप्त पूर्व प्रहरी नायव निरीक्षक ८६ वर्षीय नारायण भक्त अर्याललाई दोसल्ला ओढाई सम्मान गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार