Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रहरी सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउनुपर्नेमा आईजीपीको जोड

    प्रहरी सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउनुपर्नेमा आईजीपीको जोड

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.1K
    SHARES

    उदयपुर । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आम नागरिकहरुलाई प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

    सोमबार जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै आईजीपी क्षेत्रीले यस्तो जोड दिएका हुन्। चौबिसै घण्टा ड्युटीमा खटिनुपर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने उनको विश्वास छ।



    कार्यक्रमलाई सम्बोधन गर्दैआईजीपी क्षेत्रीले नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा नागरिकमा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरलाई अझ प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे । साथै, नयाँ भवनले मनोवल बढ्ने विश्वास व्यक्त गर्दै उनले कार्यक्षेत्रमा समेत यसले अनुकूल वातावरण सृजना गर्ने धारणा राखे।



    उक्त अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले धन्यवाद ज्ञापन गर्दै सुबिधा सम्पन्न भवन प्राप्त भएसँगै प्रहरीद्वारा आम नागरिकलाई चुस्त दुरुस्त तथा थप प्रभावकारी ढंगले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू बिश्वस्त रहेको बताए ।

    कार्यक्रममा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादब, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी तथा पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले शुभकामना मन्तब्य राखेका थिए।

    त्रियुगा नगरपालिका-१० बोक्सेस्थित जिल्ला प्रहरी कार्यालय उदयपुरको हाताभित्र नवनिर्मित उक्त भवनहरू नेपाल सरकारको नियमित बजेटबाट कूल ९ करोड ४९ लाख ९६ हजार ६ सय ६८ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

    उक्त कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बिकासराज खनाल, विभिन्न सरकारी कार्यालयका जिल्लास्थित प्रमुख तथा प्रतिनिधि, बिभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानिय बुद्धिजीवी, समाजसेवी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार