Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • मलेसियामा नेपालीमाथि आक्रमण गर्ने पनि नेपाली नै

    मलेसियामा नेपालीमाथि आक्रमण गर्ने पनि नेपाली नै

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 2.2K
    SHARES

    क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुरमा एक नेपाली कामदारमाथि कुटपिट गरिएकाे छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओमा देखिए अनुसार सन्तोष सापकोटा नामका कामदारलाई सुपरभाइजरले लठ्ठीले प्रहार गरिरहेका छन् । तर सन्तोषले प्रतिकार गर्न सकिरहेका छैनन् । ४४ सेकेण्डको भिडियोमा कम्पनीमा सिनियरजस्तो देखिने व्यक्तिले नेपाली सुरक्षा गार्डलाई निर्घात रुपमा कुटपिट गरिरहेका छन् ।

    अपार्टमेण्टको पार्किङ्गमा कुटिरहेका नेपाली श्रमिकलाई मले भाषामा गाली पनि गरिरहेका छन् । तर, नेपाली श्रमिकले भने चुपचाप पिटाई खाईरहेका छन् । भिडियो खिचिरहेका अर्को व्यक्तिले भने धेरै भयो छोडी देउ भनिरहेका छन् । हिन्दी लवजमा नेपाली शब्द प्रयोग गरी उनले अब छोडी देउ भनिरहेका छन् ।



    कामदारमाथि कुटकुट गर्ने व्यक्ति नेपाली नै भएको फेला परेको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार नेपाली सुरक्षा गार्डमाथि कम्पनीका नेपाली सुपरभाईजले नै निर्घात रुपमा कुटपिट गरेका हुन् । पीडित नेपाली श्रमिक अहिले मलेसियास्थित नेपाली दूताबासमा आश्रय लिईरहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए ।



    नेपाली सुरक्षा गार्डमाथि भएको कुटपिटको घटनालाई मलेसियास्थित नेपाली दूतावासले सोमबार प्रहरीमा केश दर्ता गर्ने भएको छ । आइतबार सार्वजनिक विदा हुने भएकाले दूतावासले सोमबार मात्रै केश दर्ता गर्ने जनाएको छ ।

    दूतावासले पीडकलाई सम्पर्कगरी सोमबार प्रहरीमा बोलाएको राजदूत पाण्डेले बताए । याे भिडिओ गत जुलाई ७ मा सार्वजनिक भएको बताइएको छ । उनलाइ आफ्नै सुपरभाइजरले निर्घात कुटिरहेको दृश्य भाइरल बनेसँगै यसबारे त्यहाँ रहेकाे दूतावासले चासाे देखाएकाे हाे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार