Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भाइरल भिडियो प्रकरण : नेपालीले नेपालीलाई नै कुटेको खुलासा

    भाइरल भिडियो प्रकरण : नेपालीले नेपालीलाई नै कुटेको खुलासा

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । केहीदिन अगाडिदेखी सामाजिक सञ्जालमा भाइरल भएको मलेसियाको भिडियोमा नेपालीले नेपालीलाई नै कुटपीट गरेको खुलासा भएको छ ।

    सामाजिक सञ्जालमार्फत उक्त भिडियो सार्वजनिक भएपछि त्यस्तो हर्कत गर्ने व्यक्ति को थिए? भन्ने प्रश्नसँगै सो भिडियो भाइरल भएको थियो । भिडियो सार्वजनिक भएपछि मलेसियास्थित नेपाली दूतावासको सक्रियतामा पीडित र पीडक दुवैलाई खोजी गर्दा पीडक र पीडित दुवै नेपाली भएको खुलासा भएको हो ।



    दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै दुवैजना व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको जनाएको छ । ‘दुवैजना व्यक्तिहरु नेपाली नागरिक भएको कुरा पुष्टि भएको छ ।



    पीडित ईस्लाम हुसेन नवलपरासी जिल्ला र पीडक राम गोपाल मुराउ कपिलबस्तु जिल्लाका स्थायी बासिन्दा हुन्’ दूतावासको विज्ञप्तिमा भनिएको छ । मलेसियाको अध्यागमन कानून अनुसार पीडक र पीडित दुवैजना मलेसियामा अवैधानिक अवस्थामा रहेको पनि खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार